काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार २७.८४ अंकले घट्दा अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ ।
बिहिबार सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरको कारोबार भएको छ । आज कम्पनीको ५० करोड ८९ लाख ८ हजार ८ सय ९९ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता १ सय ८७ रुपैयाँ ९० पैसा रहेको छ ।
साथै, शिवम सिमेन्ट, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड, गोर्खज फाइनान्स, हिमालयन रि इन्स्योरेन्स, हिमालयन लाइ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस्