काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ मा पुगेको हो ।
आज ३०३ कम्पनीको १ कारोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता सेयर किबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय २ रुपैयाँको बारोबार भएको छ ।
विहिबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.०० प्रतिशत र मानुशी लघुवित्त वित्तीय संस्था लिमिटेडको १०.०० प्रतिशतले सर्किट लागेको हो ।
साथै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९२ प्रतिशत, गोर्खाज फाइृनान्स लिमिटेडको ८.०८ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको ७.७१ प्रतिशत सहित ६४ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्