Shikhar Insurance
National Life

अर्थमन्त्रीलाई पत्याएन सेयर बजारले, बिहिबार दाेहाेराे अंककाे गिरावट

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २७.८४ अंकले घटेर २०८०.८७ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३०३ कम्पनीको १ कारोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता सेयर किबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय २ रुपैयाँको बारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरको कारोबार भएको छ । आज कम्पनीको ५० करोड ८९ लाख ८ हजार ८ सय ९९ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता १ सय ८७ रुपैयाँ ९० पैसा रहेको छ ।

साथै, आज १९६ कम्पनीको सेयर मूल्य घट्दा ४४ कम्पनीको बढेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज वीन नेपाल लघुवित्त, मानुसी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने स्वभीमान लघुवित्त वित्तियसंस्थाको सेयर सेयर मूल्य घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्