काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदको लागि ८६ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नेगरी बरिष्ठ सहायक १३ जना, सहायक २३ जना, कनिष्ठ सहायकमा ५० जना कर्मचारी माग गरेको हो ।
कम्पनीले उक्त पदको लागि स्नातक तह देखि एसएलसी वा एसईई उत्र्तीण गरेको नेपाली नागरीकलाई मान्यता दिने सूचनामा उल्लेख गरेको छ ।
साथै, योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी चैत्र १५ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्