Shikhar Insurance
National Life

सेन्ट्रल फाइनान्सको साधारण सभा चैत २३ गते, के-के छन एजेन्डा ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १०:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठक अनुसार सभा चैत्र २३ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय भवन, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा विहान १० बजेदेखि आव्हान गरेको हो ।

सभामा गत वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका विवरण छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा चालु आवका लागि लेखापरीक्ष नियुक्त गरी पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

संस्थाको नियमावलीको नियम १९(४) मा संशोधन गर्ने तथा नियमावलीमा आवश्यक संशोधन गर्न संस्थाको संचालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् ।

कम्पनीले सभा प्रयोजनार्थ कम्पनीले चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साथै, अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्