Shikhar Insurance
National Life

नयाँ स्टकको औचित्य खोज्ने समितिको म्याद थपिदै

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार ०८:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको औचित्य खोज्न गठित समितिको म्याद एक महिना थपिने भएको छ । सरकारले माघ दोश्रो हप्ता नयाँ स्टक एक्सचेञ्जको आवस्यकताबारे अध्ययन गर्न तीन सदस्यीय समिती गठन गरेको थियो ।

४५ दिनको समय भित्र प्रतिवेदन बुझाउनुपर्ने समितिले काम नसकिएको भन्दै एक महिना म्याद थपका लागि पत्र लेखेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समितिको म्याद चैत ३ गते सकिदैछ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा हालका संचालक समिती सदस्य चिन्तामणि सिवाकोटीको नेतृत्वमा गठित समितिमा अधिवक्ता सुजन गुरागाई र सिए सुजन कुमार आचार्य सदस्य छन् । उनीहरुले माघ १८ गतेबाट काम सुरु गरेका थिए ।

श्रोतका अनुसार समितिले अहिलेसम्म ६०% प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । “अध्ययनको काम करिब ६०% सकिएको छ, प्रतिवेदन तयार हुन अझै एक महिना लाग्ने देखियो, त्यति समय माग गरेर अर्थ मन्त्रालयमा पत्र पठाएका छौँ”, अध्ययन समिती सम्बद्घ श्रोतले सिंहदरबारसंग भन्यो ।

अहिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरण पेचिलो विषय बनिरहेको छ । लाइसेन्स दिने नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया पनि धमाधम अघि बढिरहेको छ । बोर्ड अध्यक्ष बन्नका लागि १९ जनाको आवेदन परेको छ । आफू अनुकूल पात्रलाई अध्यक्ष नियुक्त गरेर स्टकको लाइसेन्स हात पार्न ब्यवसायीक घरानाहरुले पुरै सामर्थ्य प्रयोग गरिरहेका छन् ।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि दिपक भट्ट नेतृत्वको हिमालयन स्टक र दिपक तिमल्सिना नेतृत्वको नेशनल स्टक बिच मूल प्रतिस्पर्धा छ । आइएमई समुहका चन्द्र ढकालले पनि नयाँ स्टक र बोर्ड अध्यक्ष नियुक्तिमा प्रभावकारी भूमिका खोजिरहेका छन् । जुन समुहले आफ्ना बिश्वास पात्रलाई अध्यक्ष बनाउन सक्यो उसैले लाइसेन्स पाउने दावी छ ।

हिमालयन र नेशनल समुहलाई मिलेर अघि बढ्न पनि ठुलो दवाब छ । कुनै एक समुहले लाइसेन्स लिएर चलाउन नसक्ने र त्यसले कर्पोरेट वारलाई बढाउने भन्दै मिल्न दवाब बढेकाे हाे ।

GBIME

प्रतिक्रिया दिनुहोस्