Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकको ग्राहकहरुलाई विगमार्टमा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १६:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले पोखराका वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकको ग्राहकले डेविट अथवा क्रेडिट कार्डमार्फत गरेका कारोबारमा उक्त छुट प्रदान गर्न लागेको हो ।

बैंकले ग्राहकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १० प्रतिशत वा बढिमा २ सय रुपैयाँसम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम २ सय रुपैयाँसम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यासब्याक वीगमार्टका रामबजार, पस्र्याङ, बगर, शितलादेवी र फूलबारीका शाखामा उपलव्ध छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्