काठमाडौं । साताको चौथौँ कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २.४८ अंकले घटेर २१०८.७२ मा पुगेको हो ।
आज ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६ सय ३४ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३ सय ३२ रुपैयाँ कारोबार भएको छ । आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशतले सर्किट लागेको हो ।
साथै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५८ प्रतिशत, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.२२ प्रतिशत, समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.०३ प्रतिशत सहित १२८ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्