काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज (फागुन ३० गते) बाट एकिकृत कारोबार सुरु हुने भएको छ । दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो ।
दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । दुबै कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन २१ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तीम स्वीकृति दिएको होे ।
दुबै कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गते मर्जरका लागि अन्तीम स्वीकृति दिएको थियो । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नम्बर ८ काभ्रेपलाञ्चोकमा रहनेछ ।
प्रतिक्रिया दिनुहोस्