Shikhar Insurance
National Life

चैतमा पनि घट्यो बैंकको ब्याजदर, एनआईसी एशियाले दिन्छ सबै भन्दा धेरै

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १०:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । अधिकांश बाणिज्य बैंकहरुले चैत महिनामा पनि ब्याजदर घटाएका छन् । बैंकहरुले चैत महिनाका लागि फागुनको तुलनामा औषत ब्याजदर ०.५ प्रतिशतले बिन्दुले घटाएका हुन् । फागुन महिनामा २० वटा बाणिज्य बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा औषत ७.७५ प्रतिशत ब्याजदर दिएका थिए । अब चैतमा भने त्यस्तो ब्याजदर घटेर ७.२५ प्रतिशतमा सिमित भएको छ ।

यसपाली एनआईसी एशिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले भने यथावत राख्दा बाँकी १७ बैंकले भने ब्याजदर घटाएका हुन् । एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएर ८.५४८ प्रतिशत बनाएको छ । यो नै चैत महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा दिने सर्वाधिक ब्याजदर हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकबारे नकारात्मक टिप्पणी बढेर केहि निक्षेप बाहिरिएपछि बैंकले थप निक्षेप संकलनका लागि ब्याजदर वृद्धिको अस्त्र प्रयोग गरेको हो । बैंकहरुले साउन महिनादेखि नै ब्याजदर सम्बन्धी भद्र सहमति छाडेर आवश्यकता अनुसार ब्याजदर घटाउने वा बढाउन पाउने व्यवस्था गरेका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई हरेक महिनाको मसान्त भित्रै आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिदिएको छ । बैंकहरुले त्यसरी हरेक महिना नयाँ ब्याजदर तोक्दा अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतसमम बढाउन वा घटाउन सक्ने सुबिधा पाएका छन् ।

अहिले भने व्यक्तिगत मुद्धतिको भन्दा संस्थागत मुद्धतिमा एक प्रतिशतले मात्रै कम ब्याज दिन पाइने व्यवस्था छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत संस्थागत निक्षेप कर्ताहरुलाई २ प्रतिशत कम ब्याज दिनुपर्ने पुरानो व्यवस्थाको सट्टा १ प्रतिशत मात्रै कम ब्याजदर दिन पाउने सुबिधा दिएको थियो । यसले बीमा कम्पनीहरुलाई फाइदा पुगेको छ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै बनाउन नपाउने नियम लगाएको छ । त्यसकारण व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घट्दा बचत र कल निक्षेपको ब्याजदर घट्दै जानेछ । बैंकहरुले स्वीकार गर्ने सबै खाले निक्षेपको ब्याजदर घट्दै गएपछि कर्जाको ब्याजदर पनि घटाउनुपर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्