Shikhar Insurance
National Life

सातौँ चरणको ‘चेम्बर एक्स्पो’ भृकुटीमण्डपमा सम्पन्न

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १४:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४”सम्पन्न भएको छ । फागुन २४ गतेदेखि २८ गतेसम्म भएको एक्स्पोमा काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको हो ।

४० हजार भन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक सुस्तताकाबीच चेम्बर एक्स्पो सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए । एक्स्पोमा स्वदेशमै उत्पादित कृषि जन्य बस्तुहरु, हस्तकलाका सामाग्री प्रर्दशनीमा राखिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले सातौँ चरणको एक्स्पो सम्पन्न गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल थिए । एक्स्पोमा नेपाल, भारत, दक्षिणकोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले समेत सहभागिता जनाएका छन् । एक्स्पो मार्फत स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्वपुर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाई छ । कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवं व्यवसायिक गतिविधी विस्तार गर्न एक्स्पो सफल भएको अध्यक्ष मल्लको भनाई छ । चेम्बरले प्रत्येक बर्ष चेम्बर एक्स्पो आयोजना गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्