Shikhar Insurance
National Life

प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीमा पाँचदिने सरसफाइ अभियान सम्पन्न

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २८, सोमबार १८:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीको सरसफाइ गरिएको छ । ‘पर्यटन प्रवद्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ पाँचदिने सरसफाइ अभियान सम्पन्न गरिएको हो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको न्यू भिजन नेपालका संयोजक अशोक शर्माले जानकारी दिए । पाँचपोखरी थाड्पाल नगरपालिकाको कार्यालयदेखि पाँचपोखरीसम्म कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरिएको बताए । पाँचपोखरी थाङ्पाल गाउँपालिका, नेपाल पर्यटन बोर्ड र न्यू भिजन नेपालको मुख्य आयोजनामा तथा गरिमा भ्वाइस टुर एण्ड ट्राभल्सलगायत संस्थाको समन्वयमा विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२० मा घुम्नैपर्ने पर्यटकीयस्थलको सूचीमासमेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । जनैपूर्णिमाका अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकले प्लाष्टिक, बोतललगायत अन्य सामग्रीको जथाभावी प्रयोगले वातावरणमा असर पर्ने भएकाले सरसफाइ अभियान सञ्चालन गरिएको उनले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्