Shikhar Insurance
National Life

कोका–कोलाको ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण हुँदै

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २८, सोमबार १४:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । कोका–कोलाले ʻकाठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भनेको छ । काठमाडौंको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रबार बिहान ११ बजेदेखि उक्त अत्याधिक अपेक्षित कार्यक्रम सुरु हुने भएको हो ।

ʻइज कुकिङ’ कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ । यो कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म ʻरियल म्याजिक’ अन्तर्गत नै पर्न आउँदछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस वर्षको ʻकाठमाडौं इज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा चर्चित भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरु द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिनेछन् । यी कलाकारहरुको मनमोहक प्रस्तुतिले अविस्मरणीय साङ्गीतिक अनुभव प्रदान गर्ने कम्पनीले विश्वाश लिएको छ ।

कम्पनीका डाइरेक्टर चन्द्रिका कालियाले भने यस कार्यक्रमले नेपालीहरुको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ । ʻकाठमाडौं इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पलहरु देख्न पाइनेछ । नेपाली समुदायको विभिन्न जीवन्त भावनाहरुलाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौँ ।

ʻकाठमाडौं इज कुकिङ’ ले नेपालको सङ्गीत र सबैको मनपर्ने परिकार मोस्मो को कम्बिनेसनलाई झनै बलियो बनाउनेछ । यो संस्करणले पनि अघिल्ला वर्षहरुझै सफल हुने कम्पनीले विश्वाश लिएको छ । यस कार्यक्रममा उपस्थित हुन चाहनेहरुले मोस्मो र कोका–कोलाको स्वाद सहित मनमोहक साङ्गीतिक प्रस्तुतिको मजा पनि लिन सक्नेछन् । यस कार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोस्मो भेन्डरहरुको सहभागिता हुनेछ ।

बोटलर्स नेपालका एमडी दीपक सेन्थिल नाथले भने, काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करणलाई नेपालमा कोका–कोलाको यात्राको एउटा महत्वपूर्ण कोसेढुंगाको रुपमा स्थापित हुनेछ । यस कार्यक्रम मार्फत हाम्रा उपभोक्ताहरुका लागि अतुलनीय क्षणहरु सिर्जना गर्न पाउँदा हामी निकै उत्साहित छौँ । सङ्गीत, मोस्मो र कोका–कोलाको कम्बिनेसन यस दिनको कार्यक्रममा देख्न पाइनेछ ।

ʻकाठमाडौं इज कुकिङ’ फोहोर–रहित कार्यक्रम रहेको कम्पनीले जनाएको छ । यस कदमले कोका–कोलाको रिसाइक्लिङप्रतिको प्रतिबद्धतालाई झल्काएको छ

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्