Shikhar Insurance
National Life

चैत १ गतेदेखि ‘फ्लोरा एक्स्पो’ हुने, विद्यार्थीलाई विशेष छुट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २८, सोमबार १५:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले चैत १ गतेदेखि ४ गतेसम्म २५औं ‘फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ ।  ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धि लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ भृकुटिमण्डपमा एक्स्पो आयोजना हुने भएको हो ।

प्रदर्शनीमा व्यवसायिक स्टल ६०, ल्याण्डस्केपिङ्ग स्टल ३, अफिसियल स्टल ८ , प्रतियोगितात्मक प्रदर्शनी स्टल १ र फूड स्टल १ जम्मा ७३ स्टलहरु रहने आयोजकले जानकारी दिए । एक्स्पोमा नर्सरी व्यवसायीहरुद्वारा उत्पादित आलंकारिक फूल विरुवा। मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावट जस्ता उत्कृष्ट विधाहरुमा प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिने एशोसिएसनले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले पुष्प व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एंव अनुसन्धान गर्न चहानेहरुको लागि यो मेला महत्वपूर्ण रहेको बताएका छन् । पन्तले भने, ‘नेपालमा पुष्प व्यवसायमा लगानीकर्ता बढाउँन भारतबाट अबैध रुपमा हुने आयातलाई प्रतिबन्ध लगाउनुपर्छ । हामी आत्मनिर्भर बन्न आयात रोक्नुपर्छ । कृषि पेसाकर्मीहरुले सरकारबाट कुनै पनि प्रकारको अनुदान पाएको छैन ।’

‘हामीसँग अलिकति बजेटको पनि अभाव भएकोले हामीले यो मेलामा टिकट सिस्टम राखेका छौँ । विद्यार्थीहरुका लागि १०० रुपैयाँ र सर्वसाधारणका लागि १५० रुपैयाँ टिकट कायम रहेको छ । यो मेलाका लागि सरकाराबाट कुनै सहयोग छैन’ पन्तले बताए । पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा बिभिन्न संघ संस्थाहरुको सहभागिता रहने आयोजकले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्