Shikhar Insurance
National Life

काठमाडौं म्युजिक फेस्टिभल-२०२४ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १७:५९
Hyundai
NCELL
NIMB

कामठाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौं म्युजिक फेस्टिभल-२०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ । दक्षिण एसियाकै लोकप्रिय कलाकार आतिफ असलमको लाइभ शो रहेको यस काठमाडौं म्युजिक फेस्टिभलमा फूडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा प्रदान गरेर सहभागीहरुका लागि एक उत्कृष्ट अनुभव प्रदान गर्ने भएको हो ।

यस म्युजिक फेस्टिभलमा फूडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरुको स्टल रहने छ । यहि चैत्र ३० र वैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा हुने यस ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले संयुक्त रुपमा आयोजना गरेका हुन् । नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको यस फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुने छ भने गेट १ बजे नै खुल्ला रहने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने,“काठमाडौं म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनर हुन पाउँदा हामी निकै उत्साहित छौँ । हामीलाई आशा छ कि यस सांगीतिक माहोलमा दर्शक श्रोताहरुलाई उत्कृष्ट स्वाद प्रदान गर्दै यो कार्यक्रमलाई आझै धेरै मनोरञ्जन बनाउन सक्छौँ । हामी विश्वस्त छौँ कि उत्कृष्ट संगीत र स्वादिष्ट खानाको सम्मिश्रणले सहभागी सबैका लागि यो कार्यक्रम अविस्मरणीय हुनेछ ।”

फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भनिन्,“काठमाडौं म्युजिक फेस्टिभलमा फूडमान्डुको उपस्थितिले संगीतमा स्वाद थपेर यस कार्यक्रममा सहभागीहरुलाई विशेष मनोरञ्जन प्रदान गर्नेछ । फूडमान्डुले खानाको पारखीहरुलाई वर्षौदेखि विशेष प्राथमिकता दिँदै आएको छ र यस पटक पनि हामीले त्यही परम्परालाई निरन्तरता दिएका छौँ ।” फूडमान्डुले विगत एक दशक भन्दा अगाडिदेखि खानाका पारखीहरूका लागि सहज र भरपर्दो प्लेटफम मार्फत ग्राहकहरुको घर आगनमा खाना डलिभरी गर्दै आइरहेको छ भने यो सहकार्यले पनि फूडमान्डुको ग्राहकवर्गलाई फरक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताको प्रमाण हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्