काठमाडौं। निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीको व्यापारमा गिरावट आएसँगै मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीहरुले ५.३२ प्रतिशतले मूल्य घटेको हो ।
सामान्य अवस्थामा वस्तु तथा सेवाको मूल्य अघिल्लो वर्षको तुलनामा बढ्दै जानु पर्ने हो । तर सिमेन्ट तथा डन्डीको मूल्यमा भने गिरावट आएको हो। अहिले सरकारले पुँजिगत खर्च गर्न नसक्दा निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरु समस्यामा छन् ।
राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक अवस्थामा निर्माण सामाग्रीको मूल्य घटेको देखिएको हो। बैंकको तथ्यांक अनुसार माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ ।
दाल तथा गेडागुडीमा मुद्रास्फीति ११.१५ प्रतिशत छ। यस्तै दुग्ध पदर्थ तथा अण्डाको १०.७८ र खाद्य जन्य पदार्थको ९.०६ प्रतिशत छ। यसैगरी तरकारीमा ७.५८ प्रतिशत मुद्रस्फीति छ ।
प्रतिक्रिया दिनुहोस्