Shikhar Insurance
National Life

बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित हुनु पर्दथ्यो : भुसाल

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १४:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा. वेदुराम भुसालले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पुनर्लेखन नगर्न नयाँ सत्तारुढ गठबन्धनलाई आग्रह गरेका छन् । सत्तारुढ एमाले र माओवादी केन्द्रबीच तत्कालीन अर्थमन्त्री डा. प्रकाशरण महतले संसदमा पेश गरेका आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन नगर्दा उपयुक्त हुने बताएका हुन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा सो विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै उपाध्यक्ष भुसालले अर्थमन्त्री वर्षमान पुनले उपस्थिति नभएकोमा असन्तुष्टि समेत व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपाध्यक्ष भुसालले विनियोजन विधेयकमाथिको छलफल अर्थमन्त्रीकै उपस्थितिमा हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए । उनले अर्थ मन्त्रालयका प्रतिनिधिहरुलाई चालु छलफलमा भाग लिन आउनका लागि अर्थमन्त्री पुनः समक्ष सन्देश पु¥याउन पनि आग्रह गरे ।

उपाध्यक्ष भुसालल भने, सबैभन्दा पहिला म यो बजेटको सिद्धान्त र प्राथमिकता नरोक्न राम्रो हुन्छ भन्ने कुरा राख्न चाहन्छु । अझै पनि आर्थिक संकटबाट मुक्त छैन भन्ने स्वीकारोक्तिसहित यो बजेटको सिद्धान्त र प्राथमिकता आएको छ । यसको कार्यान्वयन कसरी हुने हो । मैले अस्तीको दिन बोल्दा पनि भनेको थिए–अर्थतन्त्रमा जुनखालको संकट छ । त्यो संकटको समाधान गर्नेगरी अवको बजेट आउँछ कि आउँदैन ? मुख्य विषय त्यो हो ।’
उपाध्यक्ष भुसालले आगामी आर्थिक वर्षको बजेट ल्याउदा सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पनि सरकारलाई सुझाव दिए ।
न्युज एजेन्सी नेपाल

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्