Shikhar Insurance
National Life

वनबाट मुलुककाे समृद्धि हासिल कसरी गर्न सकिन्छ सरोकारवालासँग सुझाव लिएर काम गर्नेछौं : वनमन्त्री सुडी

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १३:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले आजै पदबहाली गरेका हुन् ।

मन्त्री सुडीलेभने, वनको विकास र वनबाट मुलुकको समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा सरोकारवाला सबैसँग राय सुझाव सल्लाह लिएर मन्त्रालयका काम अघि बढाउने छौं । मुलुकको करिब ४५ प्रतिशत भूभाग ओगटेको वन क्षेत्रबाट स्थानीय जनताका जीविकोपार्जनको आवश्यकता पूरा गर्ने र मुलुकमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा आफने ध्यान केन्द्रित हुने उनले विश्वास दिलाए । मन्त्री सुडीले पदबहालीपछि सङ्घीय मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने पहिलो निर्णयमा हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवसरमा मन्त्रालयलका सचिव डा दीपकुमार खराललगायत मन्त्रालयल र मातहतका विभाग तथा निकायका उच्चपदस्थ कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए । पदबहालीपछि मन्त्री सुडीले मन्त्रालयल तथा निकायका सबै कर्मचारीसँग सरसल्लाह तथा विचार विमर्श गरेर मन्त्रालयलका काम अघि बढाउने बताए ।

उक्त निर्णयानुसार सङ्घीय वन मन्त्रालयका सहसचिवहरु बद्रीराज ढुंगानालाई (कोशी प्रदेश) , नवराज पुडासैनीलाई (मधेश प्रदेश), राजेन्द्र केसीलाई (बागमती प्रदेश), डा महेश्वर ढकाललाई (गण्डकी प्रदेश), डा बुद्धिसागर पौडेललाई (लुम्बिनी प्रदेश), मोहनदेव जोशीलाई (कर्णाली प्रदेश) र शिवकुमार वाग्लेलाई (सुदूरपश्चिम प्रदेश) समन्वय अधिकृत तोकिएको सचिव डा खरालले जानकारी दिए ।

मन्त्री सुडी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ सालमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्