Shikhar Insurance
National Life

पुँजीगत खर्च बृद्धिका लागि सरकारले समयवद्ध तालिका बनाउनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १५:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्चमा सुधार गर्नका लागि समयवद्ध तालिका बनाउनुपर्ने बताएका छन् । बजेट चालु खर्चमै सकिने तर पुँजीगत खर्चको सानो अंश पनि खर्च नहुँदा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको अध्यक्ष मल्लले बताए ।

नेपाल तयारी पोसाक संघको वार्षिक साधारणसभामा अध्यक्ष मल्लले भने,‘चालु आर्थिक वर्षको ८ महिनामा पुँजीगत खर्च २५ प्रतिशत सिमित छ, सरकारले गर्ने खर्चको कछुवा गतिले आर्थिक गतिविधी अपेक्षित रुपमा बढ्न सकेको छैन, त्यसैले पुँजीगत खर्च समयमै सम्पन्न गर्नका लागि समयतालिका निर्धारण गर्न आवश्यक छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले पुँजीगत खर्च समयमै गर्न नसक्दा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गम्भिर असर परेको अध्यक्ष मल्लको भनाई छ । सरकारले आगामी आर्थिक वर्षमा खर्च क्षमता अनुसारको विकास आयोजना छनोट गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष मल्लले आगामी बजेट रोजगारी सिर्जना, उत्पादन वृद्धि मार्फत निर्यात प्रर्वद्धन, एवं औद्योगिक क्षमता विस्तार गर्ने खालको ल्याउनुपर्नेमा जोड दिए ।

आयातलाई व्यवस्थित गरी निर्यातलाई प्रर्वद्धन गर्नका लागि स्थानीय उत्पादन वृद्धि हुने क्षेतमा बजेटलाई विनियोजन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको लक्ष्य एकै हुनुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्