Shikhar Insurance
National Life

तराईका जिल्लाबाट दैनिक बीस हजार लिटर दूध सङ्कलन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १३:१७
Hyundai
NCELL
NIMB

मकवानपुर । हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको सो आयोजनाले जनाएको छ ।

आयोजनाले पर्साको वीरगञ्ज, चितवनको भरतपुर, नारायणगढ र मकवानपुरको हेटौँडामा दैनिक चार हजार लिटर स्थानीय उपभोक्तालाई दूध वितरण गर्दै आएको छ । सो आयोजनाले मधेस प्रदेशको सर्लाही, रौतहट, बारा, पर्सा बागमतीको मकवानपुरमा गरी दुई वटा दूध उत्पादक सहकारी संस्थाबाट दूध खरिद गर्ने गरेको उक्त आयोजनाले जनाएको छ । हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजीव खनालले तराईका जिल्लाका किसानले अहिले पशुपालन गरी त्यस भेगबाट दैनिक दुई लाख लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको भए तापनि वीरगञ्ज, नारायणगढ र हेटौँडा बजारमा स्थानीय उपभोक्ताको दूधमा माग वृद्घि हुन नसक्दा ती किसानले उत्पादन गरेको दूधलाई आयोजनाले खरिद गर्न चुनौती थपिएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार आयोजनाले अब ती सहरमा थप दूधको माग बढाउन वीरगञ्ज, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधि र स्थानीय उपभोक्ताबीच सहकार्य र प्राविधिक पक्षमा छलफल गर्न केही दिनभित्र प्राविधिक टोली त्यसतर्फ खटाइने भएको पनि जानकारी दिए । यसैगरी सो आयोजनाले मधेसको चार जिल्ला र बागमतीको मकवानपुर गरी करिब २८ हजार चार सय किसानलाई आयोजनाले उक्त दूध खरिद गरेबापत मासिक ३ करोड १० लाख रकम भुक्तानी गर्ने गरेको आयोजनाका प्रमुख खनालले बताए ।

यसैगरी सो आयोजनाले अहिले दैनिक दही सात सय लिटर, घ्यू नौ सय केजी, पनिर चार सय केजी र मखन पाँच सय केजी उत्पादन गर्दै आएको छ । त्यस्तैगरी उक्त आयोजनाले मिठाइ तर्फ पेडा र लालमोहन दैनिक एक हजार दुई सय कार्टुन उत्पादन गर्दै आएको छ । काठमाडौंको उपभोक्ताको माग बमोजिम मिठाइ, पेडा र लालमोहन दैनिक आठ सय कार्टुन काठमाडौंमा पठाउँदै आएको सो आयोजनाले जनाएको छ ।

यसैगरी उक्त आयोजनाले गत साउन र भदौ महिनाको तुलनामा स्थानीय बजारमा दूधको माग खपतमा कम हुँदा अहिले उक्त आयोजनाले दैनिक दुई हजार लिटर दूध खरिद गर्ने क्रममा कटौती गरिएको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले बताए । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो आयोजनामा प्रशासन, लेखा, प्राविधिक र मजदुरहरु गरी एक सय ५० जनाले स्थायी रोजगारी प्राप्त गरिरहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्