Shikhar Insurance
National Life

श्रमिक महिला दिवस : महिलाको सुरक्षा र आर्थिक सशक्तीकरणमा जोड

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार १६:२३
Hyundai
NCELL
NIMB

टीकापुर । कैलालीका महिलाले सुरक्षा र आर्थिक सशक्तीकरणमा जोड दिनेखालका कार्यक्रम स्थानीय सरकारले गर्नुपर्ने माग गरेका छन् । समाजमा महिलाको सुरक्षा चुनौती थपिँदै गएकाले सुरक्षाको वातावरण बनाइ महिलालाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम ल्याउनुपर्ने माग गरेका हुन् ।

अधिकारकर्मी गीता चौधरी महिलाको आर्थिक अवस्था कमजोर भएकाले हिंसा सहनुपरेको बताउँछिन् । “महिलाका समस्या थुप्रै छन्, हामी हरेक वर्ष श्रमिक दिवस मनाउँछौँ, महिला रातदिन घरमा श्रम गर्नुहुन्छ । तर महिलाको श्रमको मूल्य छैन, आउँदा दिनमा महिलाको श्रमको मूल्य स्थापित भएमा, महिला आयआर्जनका कार्यमा जोडिएमा हिंसाका घटनामा कमी आउँछन् । महिलालाई आयआर्जनमा जोड्न स्थानीय सरकार बढी जिम्मेवार बन्नुपर्छ ।”उनले भनिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एक सय १४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज कैलालीका सबै पालिका तथा सङ्घसंस्थाले पनि मनाउँदैछन् । हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । यस वर्ष ‘नेपालमा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने चलन छ ।

टीकापुर–१ की बन्दना जैसी हरेक वर्ष श्रमिक महिला दिवस मनाए पनि महिलाको जीवनशैलीमा परिवर्तन आउन नसकेको बताउँछिन् । उनले भनिन्,“महिलालाई आर्थिकरुपमा सक्षम बनाउने, आत्मनिर्भर बनाउने, महिलालाई घरमात्र नभई समाज विकासमा सक्रिय गराउने काम गर्नुपर्छ । जो शक्तिमा छ उसैले हिंसा गर्ने भएकाले महिलालाई बलियो बनाउन आर्थिक आम्दानी हुने काममा लगाउनुपर्छ । हामी महिला पनि सचेत हुनुपर्छ ।”

अधिकारकर्मी निर्मला कडायत महिलाका समस्या उस्तै रहेकाले उनीहरुको सुरक्षाबारे स्थानीय सरकारले नीति बनाएर काम गर्न आवश्यक रहेको बताउँछिन् । उनी भन्छिन्,“महिला ढुक्कले हिँड्ने, सामाजिक कार्यमा सक्रिय हुने वातावरण बन्नुपर्छ ।”जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति कठरिया पालिकाको न्यायिक समितिमा आउने उजुरीमा हिंसाका घटना थोरै रहेका बताउँछिन् ।

“महिला अझै खुल्न सकेका छैनन, सहेर बस्ने गरेका छन्, हिंसाका घटना छन्, तर उजुरी गर्न आउँदैनन्आ । र्थिकरुपमा महिला कमजोर रहेकाले नखुलेका हुन्, त्यसैले महिलालाई सीपमूलक सीप सिकाउने, उद्यमी बनाउनुपर्छ भनी हामी जुटेका छौँ । महिला आफँै कमाउने भएमा हिंसाका घटनामा कमी आउँछन् ।” उनले भनिन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्