काठमाडौं । साताको अन्तिम कारोबार दिनको सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख २४ हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको छ । अघिल्लो दिन पनि सुनको मूल्य १ लाख २४ हजार ४ सय रुपैयाँ नै कायम रहेको थियो ।
साथै, शुक्रबार चाँदीको पनि मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्