Shikhar Insurance
National Life

आन्तरिक राजस्व विभागले माग्यो नयाँ बजेटका लागि सुझाव, चैत ५ भित्र दिइसक्नुपर्ने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी बजेट २०८१/०८२ को लागि सुझाव माग गरेको छ। आन्तरिक कर प्रणाली सुधारका विषयमा नीतिगत सरलीकरण सम्बन्धी सुझावहरु उपलब्ध गराउन विभागले सूचना जारी गरेको हो।

विभागले चैत्र ५ गतेसम्ममा सुझाव पठाउन सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गरेको छ । सुझाव विभाग तथा कार्यलयहरुमा पेश गर्न सकिनेछ। सम्बन्धित सरोकारवालाहरुबाट प्राप्त सल्लाह तथा सुझावबाट कर प्रणलीमा देखा परेका समस्या तथा चुनौतीहरु हल गर्न सहयोग पुग्ने विभागले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर (डिएसटी), ई-कमर्समा लगाइने कर लगायत शिर्षकमा सुझाव मागेको छ। विभागले आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा राजस्व परामर्श समिति गठन समेत गरेको छ ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्