Shikhar Insurance
National Life

अर्थ मन्त्री पुनसँगको भेटमा भारतीय राजदुतले भने ‘सत्ता  समिकरण नेपालको आन्तरिक मामिला हो’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । गठबन्धन भत्काउन मुख्य भुमिका खेलेका अर्थमन्त्री वर्षमान पुनलाई भारतीय राजदुत नवीन श्रीवास्तवले भेटेका छन्। राजदुत श्रीवास्तवले अर्थ मन्त्रालय पुगेर मन्त्री पुनलाई बधाई दिएका हुन्।

भेटमा राजदूत श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे ।

‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, राजदुत श्रीवास्तवले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहालसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए । श्रीवास्तवले नेपाल–भारतबी सम्बन्ध मौलिक रहेको चर्चा गरे ।

उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि बताए । अर्थमन्त्री पुन चीन निकट माओवादीका नेता हुन्। उनले काँग्रेससँगको गठबन्धन भत्काएर नयाँ सरकार बनाउन कडा मिहनेत गरेका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्