Shikhar Insurance
National Life

पार्टी नेतृत्वमा महिलालाई अवसर दिनुपर्नेमा डा.कोइरालाको जोड

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १८:१२
Hyundai
NCELL
NIMB

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले पार्टी नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ४ द्वारा आज जिल्ला पार्टी कार्यालय विराटनगरमा आयोजित ‘नेपाली कांग्रेस र अबको बाटो’ विषयमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै क्षेत्रमा महिलालाई पुरुष बराबर अवसर दिएर पार्टीप्रति आकर्षित गर्नुपर्छ भने । नेता कोइरालाले पार्टीमा गुटबन्दीको होइन विचारको राजनीति गर्नुपर्ने बताए । उनले क्षेत्र, जिल्ला र पालिकालाई अधिकार दिन पार्टीको विधान संशोधन गर्नुपर्ने बताए । आगामी निर्वाचनमा नेकाले कसैसँग गठबन्धन गर्न नहुने बताए । सङ्घीय सांसद सुनिल शर्माले पार्टीले क्रियाशील सदस्यहरुको बहुमतका आधारमा टिकट वितरण गर्नुपर्ने बताउँदै २०८४ को निर्वाचनका निम्ति आजैदेखि लाग्नुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोशी प्रदेश सभाका सदस्य अमृत अर्याल र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले अबको बाटो चुनौतीपूर्ण रहेकाले जनताका समस्या समाधानमा पार्टी लाग्नु पर्ने सुझाव दिए । क्षेत्रीय सभापति विनोद बस्नेत र मोरङ जिल्लाका कार्यवाहक सभापति भक्तिनाथ माझीले पार्टी नेतृत्वले गुटबन्दीलाई दुरुत्साहन गर्नुपर्छ भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्