काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । बिहिबार युनाईटेड अजोड ईन्स्योरेन्स लिमिटेड, हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड र जिवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
जिवन विकास लघुवित्तको १४ प्रतिशत बोनस बापतको १६ लाख ५४ हजार ८ सय ४७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । हिमालयन एभरेष्ट ईन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस बापतको १९ लाख ८६ हजार २ सय २४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । भने युनाईटेड अजोड ईन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनस बापतको १९ लाख ५४ हजार ३ सय २० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
उक्त बोनस सेयर फागुन २४ गते नेप्सेमा सूचिकृत भएको हो । साथै, कम्पनीहरुको बोनस सेयर अब सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्