Shikhar Insurance
National Life

आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १५:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १३.५१ अंकले बढेर २०३०.५५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३०९ कम्पनीको ८९ लाख २९ हजार १ सय ५२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८ सय २० रुपैयाँ कारोबार भएको छ । आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमा १०.०० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, चिरख्वा हाईड्रोपावर लिमिटेडको ८.९७ प्रतिशत, मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ६.०८ प्रतिशत सहित २०० कम्पनीको सेयर मूल्य बढेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्