काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सेयर बजारका लगानीकर्ताहरुको मनोबल उच्च बनाउन आफ्नो भूमिका रहने बताएका छन् ।
कार्यभार सम्हाल्दै मन्त्री पुनले पुजी बजारका ६० लाख लगानी कर्ताहरुको हित रक्षा र मनोबल बढाउन नितिगत सुधार गर्दै जाने बताए । “सेयर बजारमा उतारचढाव भैरहन्छ, ६० लाख लगानीकर्ता जोडिएका छन् । उनीहरुको हित रक्षा र मनोबल बढाउन नितिगत सुधारको बाटाेमा लगिने छ”, मन्त्री पुनले भने । सेयर बजारको सुधारका लागि संरचनात्मक सुधार गर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्