Shikhar Insurance
National Life

राजस्व संकलन दोब्बर बनाउँछु : अर्थमन्त्री पुन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार २१:१५
Hyundai
NCELL
NIMB

काठमाडौ । सरकारको राजस्व संकलन दोब्बर बनाउने नवनियुक्त अर्थमन्त्री बर्षमान पुनले बताएका छ्न । बुधबार कार्यभार सम्हाल्दै पुनले राजस्व परिचालनलाई शसक्त बनाउने बताएका हुन् ।

मन्त्री पुनले भने-‘अर्थतन्त्रको सबै क्षेत्रमा समस्या छ, राजस्व परिचालन गत वर्षको तुलनामा १० मात्रै प्रतिशत बढी  छ। अब यस्लाई दोब्बर बनाउन सकिन्छ भन्ने विश्वास छ, मैले धेरै विज्ञहरुसंग पनि कुरा गरेको छु । अर्थ मन्त्रालयको काम भनेकै राजस्व संकलन गर्ने हो । खर्चको लागि अलि हात खुकुलो बनाउछौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री पुनले खर्च र आम्दानीलाई सन्तुलनमा ल्याउनुपर्ने अवस्था रहेको बताए । उनले आफू १२ वर्षमा खोला फर्किए जस्तै अर्थमन्त्रालयको जिम्मेवारीमा आएको बताए । ‘म १२ वर्ष पछि खोला फर्किन्छ भन्ने कथा जस्तै मन्त्रालय फर्किएको छु। म पहिलो पटक अर्थमन्त्री हुदाँ मलाई गुरिल्ला मन्त्री भन्थे ।’ मन्त्री पुनले भने ।

उनले आफू पहिले अर्थमन्त्री बन्दा पनि घरजग्गा र सेयर बजारमा समस्या रहेको तर आफुले समाधान गरेको दावी पनि गरे । ‘पहिले पनि घरजग्गा, सेयर र सहकारीमा समस्या थियो। त्यतिबेला हामीले कडाईका साथ काम गरेर जोगाएका थियौँ । अहिले पनि हामीले धेरै काम गर्नु पर्नेछ। अहिले जनताको अपेक्षा धेरै छ। अहिले प्रविधिको युग छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्