Shikhar Insurance
National Life

सत्ता गठबन्धन भत्काउने काँग्रेसको अनुचित प्रयास सफल हुँदैनः प्रदीप ज्ञवाली

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २३, बुधबार १७:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली काँग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गरेका छन् । उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने काँग्रेसको प्रयास उचित नभएको पनि जिकिर गरेका हुन् ।

सरकारबाट हटन नपाउँदै जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रश्ताव गर्दै हिँड्ने काम काँग्रेसले गरिरहेको उल्लेख गर्दै त्यो सत्ताबाट अप्रत्याशित रुपमा हट्नुपर्दा छटपटाहट मात्रै भएको उनले बताए । बुधबार अपरान्ह पार्टी मुख्यालय उनले काँग्रेस जिम्मेवार पार्टीको रुपमा भन्दा पनि प्रतिसोधको भावनाबाट चल्न खोजेको आरोप समेत लगाएका छन् । काँग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका बेला उपमहासचिव ज्ञवालीले काँग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’को नीति लिन पनि सुझाव दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकटलाई पार लगाउन पनि आफ्नो पार्टीले नयाँ गठबन्धनलाई पूरै कार्यकाल टिकाउन हरसम्भव प्रयास गर्ने पनि स्पष्ट पारे । अब यो विकल्प पनि कम भएको र प्रणाली समेत जोखिममा परेको कुरालाई ध्यानमा राखेर राजनीतिक दलहरुले पनि नयाँ सत्तारुढ गठबन्धनलाई टिकाउन काम गर्नेपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो ।

उनले भने,‘हामी राजनीतिलाई सधैंभरी प्रयोगको एउटा मञ्च, देशलाई एउटा एक्सपेरिमेन्टको थलो बनाउन चाहँदैनौं । मुलुकलाई चाहिएको स्थिरता हो । सरकारमा को रहन्छ, सरकारको नेतृत्वमा को रहन्छ, कुन पार्टीले कुन मन्त्रालय सम्हाल्छ ? साह्रै ठूलो कुरा होइन होला । यद्यपि नेतृत्वले कतातिर लैजाने भन्ने कुराले धेरै कुराहरु फरक पार्छ । तर, त्यो उद्देश्यसँग जोडिएन भने सरकारमा को छ, कसले नेतृत्व गरेको छ, कुन पोर्टपोलियो कसले सम्हालेको छ ? भन्ने कुराको खासै अर्थ हुँदो रहेनछ । अव नेपाली काँग्रेसमा एउटा छटपटी देखिन्छ ।

यो बाटो चाहीँ किमार्थ पनि उचित हो भन्ने मलाई लाग्दैन । काँग्रेसको त्यो व्यग्रता हो । र, यो स्थिति निम्त्याएको पनि उहाँहरुले नै हो । यहाँलाई मैले अलिकति जानकारी गराउ । हामी २०७९ सालको निर्वाचन भन्दा अगावै काँग्रेससँग लामो सम्वाद गरेको हौं कि निर्वाचनमा हामी एक्लाएक्लै प्रतिस्पर्धा गरौं । निर्वाचन अगाडि एलायन्स नगरौं । त्यसले राजनीतिलाई एकदम विकृत बनाउँदो रहेछ । निर्वाचनमा हरेक पार्टीले आफ्नो एजेण्डा लिएर जाने हो नि । उनीहरुको एजेण्डाको आधारमा जनताले उनीहरुलाई चुन्ने हो नि । त्यसो भएर एक्लाएक्लै प्रतिष्पर्धा गरौं । उहाँहरुले मान्नु भएन ।

यसमा विभिन्न कारणहरु छन् । पोहोर साल पुसमा एउटा कोर्समा लैजाने प्रयास ग¥यौ । त्यो पनि टिकेन । यसले गर्दा सत्ता गठबन्धनको आयुबारे सोधिने प्रश्नलाई मैले स्वभाविक रुपमा ठान्छु । अब यो प्रश्नको जवाफ मैले भन्ने भन्दा पनि हाम्रा व्यवहारले देखाउने हो । तर हामीसँग, सबै राजनीतिक दलहरुसँग समय पनि र विकल्पहरु पनि साह्रै कम छन भन्ने मलाई लाग्छ । किनभने भुँईतहमा जनस्तरमा चाहीँ असन्तुष्टि असाध्यै धेरै बढेको छ । निराशा असाध्यै धेरै बढेको छ । पात्रहरुको प्रवृत्तिका कारणले, पात्रहरुको गलत क्रियाकलापका कारणले प्रणाली नै अहिले संकटमा छ । प्रणाली गलत होइन हामीले ल्याएको ।’

उपमहासचिव ज्ञवालीले गएको १४ महिना काँग्रेस प्रमुख दल रहेको गठबन्धन सरकारले मुलुकमा केही पनि गर्न नसकेको जिकिर गर्दै जनतामा छाएको निराशा र व्यवस्थामाथि आएको संकट समाधान हुने गरी सरकारको काम केन्द्रित हुने बताए ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्