काठमाडौं । अर्थमन्त्रीमा माओवादी उप महासचिव बर्षमान पुनको नाम टुंगो लागेको छ । रास्वपा सभापति रबि लामिछानेलाई उप प्रधान तथा गृह र एमालेका रघुबिर महासेठलाई उप प्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनाउने तय भएको छ ।
माओवादीले भने पुनलाई अर्थमन्त्री बनाउने तय भएको हो । माओवादीबाट अर्थमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले पनि कसरत गरेका थिए । तर वर्तमान नयाँ गठबन्धन निर्माणका सुत्राधार भएकाले पुनलाई नै अर्थमन्त्री बनाउने टुंगोमा माओवादी पुगेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछानेको नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ । लामिछानेले उप प्रधान तथा गृह, उप सभापति डीपी अर्यालले श्रम तथा रोजगार, बिराजभक्त श्रेष्ठले युवा तथा खेलकुद र सुमना श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्