काठमाडौं । बुधबार सुनको मूल्यले इतिहासिक रेकर्ड कायम गरेको छ । साताको चाथौँ कारोबार दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य तोला १ लाख २३ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको छ । । अघिल्लो दिन सुनको मूल्य १ लाख २३ हजार रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख २२ हजार ९ सय रुपैयाँ रहेको छ भने अघिल्लो दिन सुनको मूल्य १ लाख २२ हजार ४ सय रुपैयाँ रहेको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ४ सय ४५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्