Shikhar Insurance
National Life

ओली–प्रचण्डसँग माधव नेपालको सर्तः मेरो साथ चाहिने भए बाम एकता हुनुपर्छ

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १९:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरुले नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग भेट गरेका छन् । नेपाल निवास कोटेश्वरमै पुगेर प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, एमाले उपाध्यक्ष बिष्णु पौडेल लगायतका नेताहरुले पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग भेट गरेका हुन् । एमाले–माओवादी सम्मिलित नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेपछि नेपालले भने आफ्ना सर्तहरु राखेका थिए । उनले गठबन्धन सहभागी हुनका लागि बाम एकताको पहिलो सर्त कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने अडान राखेको स्रोतले बतायो । ‘गठबन्धन र सरकारमा सहभागिताका लागि उहाँहरुले प्रस्ताव गर्नु भयो, अध्यक्ष नेपालले बाम एकताको बाटोमा अघि बढ्ने सर्त राख्नुभयो’, नेपाल निकत स्रोतले सिंहदरबारलाई भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सत्ताका लागि कहिले यता त कहिले उता जाँदा जनतामा नकारात्मक सन्देश गएको भन्दै अब वृहद एकतासहित अघि बढ्ने गरि आउन अध्यक्ष नेपालले भनेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्