Shikhar Insurance
National Life

डा. अर्याललाई मुद्दा लागे को-को हुनेछन् मुख्य सचिवको रेसमा ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १६:४५
Hyundai
NCELL
NIMB

काठमाडौं। मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको छानविन अन्तिम चरणमा पुगेको छ । अर्याल सञ्चार सचिव रहँदा गरिएको विभिन्न खरिद प्रकृयामा ठूलो मात्रामा आर्थिक अनियमितता भएको भन्दै अख्तियारले छानविन थालेदेखि नै मुख्यसचिव डा. अर्याल विवादमा तानिँदै आएका थिए ।

आयोगले मुख्य सचिवलाई मुद्दा लगाउन पर्याप्त आधारहरु भेटेपछि मुद्दा दायर गर्ने अन्तिम तहमा पुगेको तथ्यहरुले नै देखाईसकेका छन् । मुख्य सचिव डा. अर्याल विरुद्ध मुद्दा दायर हुने बित्तिकै मुख्य सचिवको पद रिक्त हुनेछ । विचौलियाहरुसँग गरिएका कुराकानी र च्याटहरु छरपष्ट भैसकेपछि मुख्य सचिव डा. अर्यातमाथि राजिनामा गर्न तिब्र दबाव बढिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यद्यपी उनले हालसम्म राजिनामा दिइसकेका छैनन् । मुख्य सचिव विरुद्ध मुद्दा दायर हुने लगभग पक्का भएपछि नयाँ मुख्य सचिव बन्न सचिवहरुले लबिङ सुरु गरिसकेका छन् । सामान्यतः मुख्य सचिव सिनियर सचिवहरुमध्येबाट नियुक्त गर्ने गरिन्छ । अहिले मुख्य सचिवपछि सिनियर सचिवको पहिलो नम्बरमा देव कुमारी गुरागाई रहेकी छिन् । उनी हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत छिन् । गुरागाईँको केहि दिनमै सेवा निवृत्त हुदैँ छिन् । त्यसकारण मुख्य सचिवमा उनको सम्भवना देखिन्न ।

वरियताको दोस्रो नम्बरमा केवलप्रसाद भण्डारी छन् । भण्डारी १४ दिनपछि सेवा निवृत्त हुदैँछन्। काँग्रेस निकट भनेर चिनिएका भण्डारीले अहिलेको राजनितिक परिदृष्यमा मुख्य सचिव बन्न भ्याउने छैनन् । तेस्रो वरियतामा सचिव सुरेश अधिकारी छन् । उनी हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यारत छन् । यस्तै, चौथो वरियताको सचिवमा तोयनारायण ज्ञावाली छन् । उनी राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । उनी कार्यरत आयोगको कार्यक्षमता निकै कम रहेको छ ।

यस्तै, पाँचौ वरियतामा सचिव तोयम राया छन् । उनी हाल तथ्यांक कार्यालयमा कार्यरत छन् । तथ्यांक कार्यालयमा सचिव रहने व्यावस्था भएपछि यो कार्यालयको प्रभावकारिता बढेको छ । माइल स्टोनहरुको कार्यान्वयन प्रतिवेदन अनुसार यो कार्यालयको कार्यसम्पदनमा औषत भन्दा माथि रहेर तेस्रो नम्बरमा रहेको देखिन्छ । कार्यालयले खोज अनुसन्धान र तथ्यांक प्रकाशनमा उल्लेखनिय सुधार गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी छैटौं वरियतामा सचिव रामकृष्ण सुवेदी छन् । उनी संचार सचिव छन् । सातौं वरियतामा हालका गृह सचिव दिनेश भट्टराई छन् । आठौं वरियतामा एक नारायण भण्डारी रहँदा नवौं वरियतामा अर्जुन पोख्रेल छन् । दुबै जना मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा छन् । मुख्य सचिव बन्न सिनियर सचिव भएर मात्रै पुग्दैन, त्यहाँ सत्तामा रहेको दल वा प्रधानमन्त्रीको मन जित्नुपर्छ ।

जिम्मेवारीमा रहँदा रहँदै राजीनामा गरेर सरकारको सल्लाहाकार वा राजदुत बन्ने लहर चलेपछि पछिल्लो समय मुख्य सचिवको ओझ घट्दै टिकाटिप्पणी भैरहेका छन् । एक सचिवले सिंहदरबारसँग भने–‘कर्मचारीको गरिमा दिनदिनै घट्दै गैरहेको छ, निष्ठावान इमान्दार कर्मचारीहरु दण्डित र नेताले जे भन्यो सो मान्ने कर्मचारीहरु पुरस्कृत हुने परिपाटी रहेको छ।’

को बलियो उम्मेदवार ?
नेपाली काँग्रेसँगको गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेसँगको पुरानो गठबन्धन ब्युताएको छ । यसको सिधा अर्थ हो, अब नयाँ मुख्य सचिव नियुक्त गर्नुपर्ने परिस्थिति आएमा कम्युनिष्ट विचारधारासँग नजिक रहेका सचिवहरु नै छनौटमा पर्नेछन् । मुख्य सचिवमा सुरेश अधिकारी, तोयनारायण ज्ञवाली, तोयम राया, दिनेश भट्टराई लगायतलाई मुख्य सचिवको प्रवल दावेदार मानिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्