Shikhar Insurance
National Life

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीकाे बर्खास्त

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १४:३५
Hyundai
NCELL
NIMB

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट सरकारमा सहभागी बनेका सामाजिक विकासमन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।

मन्त्रीद्वयले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँ मातहत राख्यका छन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफरिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ अनुसार मन्त्रिपरिषद्को गठन गरी कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूचना अधिकारी प्रमिला गौतमले जारी गरेका विज्ञप्तिमा कार्यविभाजनअनुसार मुख्यमन्त्री पाण्डेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा याताय व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सरस्वती अर्याल (तिवारी) लाई ऊर्जा, जलस्रोत, तथा खानेपानी मन्त्रालय, महेन्द्रध्वज जिसीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, जितप्रकाश आले मगरलाई आर्थिक मामिला मन्त्रालय र दीपेन्द्रबहादुर थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको हो । केन्द्रमा यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएर सोमबार माओवादी केन्द्र, नेकपा (एमाले) सहितको नयाँ गठबन्धन भई सानो आकारको मन्त्रिमण्डल गठन भइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्