काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७०.३१ अंकले घटेर २००७.६९ मा पुगेको हो ।
मंगलबार ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सय ५८ रुपैयाँ कारोबार भएको छ ।
आज सेयर बजार घटेपनि केहि कम्पनीको सेयर मूल्य भने बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.७३ प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड-१ को ७.८५ प्रतिशत, हिमालयन ८०-२० को ४.५६ प्रतिशत सहित ७० कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्