Shikhar Insurance
National Life

नयाँ गठबन्धनमा खटपट सुरु, अर्थमा बर्षमान र गृहमा रबिलाई अघि सारेर ओलीमाथि प्रचण्डको दबाव

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेको २४ घण्टा नपुग्दै खटपट सुरु भएको छ । बाँकी अवधीको आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सम्झौता गरेका प्रचण्ड–ओलीबीच मन्त्रालय बाडफाँटको बिषयले सुरुमै मनमुटाब सुरु भएको हो । सत्ता गठबन्धनमा आवद्ध चार दलबिच ८ बुँदे समझदारी मार्फत राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने टुंगो लागेको छ । मन्त्रालय बाडफाँटका लागि भने ‘मन्त्रालयको बिशेषताका आधारमा वर्गिकरण गरि मिलाउने’ उल्लेख गरिएको छ ।

तर एमालेलाई गृह र अर्थमन्त्रालय दुबै नदिने रणनीतिमा प्रधानमन्त्री प्रचण्ड खरो उत्रिएका छन् । उनले रास्वपा सभापति रबि लामिछानेलाई गृह मन्त्रालयको आस देखाएका छन् । रबिको रास्वपाले पनि गृह मन्त्रालय कुनै हालतमा नछाड्ने अडान कसिसकेको छ । उता, अर्थमा भने माओवादी उप महासचिव बर्षमान पुनले अडान लिएका छन् । प्रचण्डले पनि अघिल्लो गठबन्धन सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतका कारण काँग्रेससँगको सहकार्य टुटेको भाष्य स्थापित गरिसकेका छन् । अर्थात प्रधानमन्त्री र अर्थमन्त्रीको बीचमा कुरा नमिल्दा अघिल्लो गठबन्धन टुटेकाले अब त्यस्तो गल्ति नदोहोर्याउन प्रधानमन्त्रीकै दलले अर्थमन्त्री लिनुपर्ने प्रचण्डको अडान छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर एमाले भने राष्ट्रिय सभाको अध्यक्ष पनि माओवादीलाई दिएको, गृह मन्त्रालय रबिले नछाड्ने वातावरण बनेपछि अर्थमन्त्रालय जसरी पनि लिनुपर्ने अडानमा छ । प्रधानमन्त्री प्रचण्डले रणनीतिक रुपमा गृह मन्त्रालयमा एमाले र रास्वपालाई भिडाईदिएका छन् । अर्थमन्त्रीमा भने आफ्ना विश्वास पात्र बर्षमान पुनलाई अघि सारेर अघिल्लो गठबन्धन टुटेको उदाहरण पेश गरिरहेका छन् । ‘गठबन्धन बनेको २४ घण्टा नपुग्दै केपी ओली र प्रचण्डबिच ‘टसल’ सुरु भैसकेको देखिन्छ, दुबै जना एक अर्कालाई साइजमा राख्ने राणनीतिमा खरो उत्रिएको देख्न सकिन्छ’, स्रोतले सिंहदरबारसँग भन्यो ।

नेकपा कालमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले अख्तियार गरेको राणनीति अहिले प्रधानमन्त्री प्रचण्डले पनि सिको गर्न खोजेको स्रोत बताउँछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्