Shikhar Insurance
National Life

नयाँ गठबन्धनमा ८ बुँदे सहमती, राष्ट्रिय सभा टुंगियो, मन्त्रालय बाडफाटकाे किचलो कायमै

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २१, सोमबार २१:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ ।एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे सहमति भएको हो । सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ ।

तर नयाँ गठबन्धनमा आवद्ध दलहरुबिच मन्त्रालय बाडफाटमा भने नयाँ किचलो उत्पन्न भएको छ । गृह मन्त्रालयका लागि रास्वपा र एमालेबिच बिवाद सुरु भएको छ । उता अर्थमन्त्रालयका लागि पनि एमाले र माओवादीबिच किचलो छ । एमालेबाट उपाध्यक्ष बिष्णु पौडेल र माओवादीबाट उप महासचिव बर्षमान पुनले अर्थमन्त्रालयको आश गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई सपथ खुवाएका छन् । तर उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।                                                                         

GBIME

प्रतिक्रिया दिनुहोस्