Shikhar Insurance
National Life

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट मिति तय, ५५ हजारले ५० कित्ताका पाउँने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २१, सोमबार १७:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार (फागुन २५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँट गर्ने भएके हो ।

कम्पनीको आइपीओमा १० लाख १५ हजार २११ जनाले आवेदन दिएकोमा ९ लाख ५९ हजार ६९० जनाको हात खालि हुने भएको छ। माग भन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने कम्पनीले जानकारी गरेको छ । जसमा ५५ हजार ५२१ जनाले ५०/५० कित्ताका दरले आइपीओ हात पार्ने छन् । सो मध्यका २ जनाले भने थप १/१ कित्ता गरी ५१ कित्ता सेयर पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता सेयर मूल्य ३ सय ६० रुपैयाँ ९० पैसा रहेको आइपीओ जारी गरेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिएका छन् ।

सेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्