काठमाडौं । अर्थमन्त्री फेरिने हल्लाले सेयर बजारमा उछाल आएको छ । साताको दोस्रो कारोबारको दिन सेयर बजार तीन पटक सर्किट लागेपछि आजको लागि बन्द भएको छ ।
कारोबार सुरु भएको २ घण्टामा ६ प्रतिशतले बढेपछि परिसुचक ११७.७० अंकले बढेर २०७८ को बिन्दुमा बन्द भएको हो ।
कारोबार सुरु भएको ३ मिनेट परिसुचक ४.०४ प्रतिशतले बजार बढेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । बजार पुनः ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा फेरी बन्द भएको थियो । बजार ९८.६९ अंकले बढेर २०५९.०० बिन्दुमा कायम भई बन्द भएको थियो । साथै, १५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले नेपाली काग्रेंस सहितको दलको गठबन्धनलाई छाडेर नयाँ मन्त्रिमण्डल बनाउने तयारी गरेसँगै बजारमा सकारात्मक तरगं देखिएको हो।
प्रतिक्रिया दिनुहोस्