Shikhar Insurance
National Life

बोटलर्स नेपालले ५ वर्ष पुरानो लाभांश दिन सेयरधनीलाई आग्रह

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २१, सोमबार १०:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडकोे ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७४।०७५ को वार्षिक साधारण सभाले पारित गरेको लाभांश अझै पनि केही सेयरधनीले भुक्तानी नलिएपछि लाभांश रकम भुक्तानी लिन सेयरधनीलाई आग्रह गरको हो ।

लाभांश भुक्तानी लिन आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १ महिनाभित्र सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गरेर लाभांश लिन कम्पनीले सेयरधनीलाई अनुरोध गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको अवधिभित्र पनि सेयरधनीहरूले लाभांश भुक्तानी नलिएमा रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले एक सूचनामार्फत जानकारी गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्