काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस र कर बापत ०.२७ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
साथै, प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीमा वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्