Shikhar Insurance
National Life

आइसक्रिम दिवसको अवसरमा पार्की आइसक्रिम निःशुल्क वितरण

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिभान्स फुड प्रडक्ट प्रालिद्वारा उत्पादित ‘पार्की आइसक्रिम’ ले राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा निःशुल्क आइसक्रिम वितरण गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, कोटेश्वर, भक्तपुरको लोकन्थली, ठिमी, सुर्यविनायक र काभ्रेको बनेपा लगायतका स्थानबाट १ लाख मूल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो ।

नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ (निबा) ले यो दिवसलाई औपचारिक रुपमा मनाउन ‘आइसक्रिम फर एभ्री सिजन’ नारा तय गरेको छ । यही नारालाई आत्मसात गर्दै देशभरका आइसक्रिम उद्योगी व्यवसायीले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय आइसक्रिम दिवस मनाउन गइरहेका छन् । प्रबन्ध निर्देशक मुरारी कुमावतले भने,‘आज हामी आइसक्रिम व्यवसायीहरुको महत्वपूर्ण पर्व हो । यो पर्व र खुशीयालीको दिनमा हामी पनि स्वदेशी आइसक्रिम पारखीसँग रमाउन हामीले निःशुल्क आइसक्रिम वितरण गरेका हौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभिन्न अवसरहरुमा पार्कीले निःशुल्क आइसक्रिमलगायतका प्रचारमुलक सामाग्री समेत वितरण गर्दै आएको छ । गएको कृष्ण जन्मअष्टमीको अवसर पारेर पार्कीले कोटेश्वरको महादेब मन्दिर परिसरमा खटिएका स्वयंम सेवकलाई पार्की ब्राण्डको प्रिन्टेड टिसर्ट वितरण गरेको थियो । आइसक्रिमको क्षेत्रमा २५ बर्षको अनुभवपछि उत्पादन सुरु गरिएको पार्की ब्राण्डको आइसक्रिम स्वाद, सन्तुष्टि र स्वास्थ्यलाई विशेष ध्यान दिएर उत्पादन गरिदै आएको छ । पार्की आइसक्रिम हाल चकलेट, भेनिला, स्ट्रेबरी, मिन्ट, फ्रुट, बटर स्कचलगायतका ४० प्रकारका स्वादहरुमा उपलब्ध छन् ।

काठमाडौं उपत्यका लगायत आसपासका प्रमुख शहरहरु गरी पार्की आइसक्रिमलाई ८०० बढी स्थानबाट विक्री वितरण गरिदै आएको छ । ग्राहकले अत्याधिक रुचाएर लाखौं आइसक्रिम पारखीको मन जित्न सफल भएकोमा प्रबन्ध निर्देशक कुमावतले खुशी व्यक्त गरे । उनले भने–‘पार्कीले स्वाद र सन्तुष्टिसँगै स्वास्थ्यलाई विशेष ध्यान दिएको छ । त्यही भएर पनि उत्पादनको छोटो अवधिमै धेरै पुराना उद्योगहरुद्वारा उत्पादित आइसक्रिम भन्दा पार्की आइसक्रिमले राम्रो बजार लिन पनि सफल भएको हो ।’

आगामी दिनमा त्यही उद्देश्य पुरा गर्न सेवा विस्तारमा जोड दिने तयारी थालेको छ । उद्योगले आगामी दिनमा दालमोठ, भुजिया लगायत अन्य खाद्य उत्पादनहरु पनि बजारमा ल्याउने तयारीमा जुटेको प्रबन्ध निर्देशक कुमावतले जानकारी दिए । उद्योगले अहिले २० भन्दा बढीलाई प्रत्यक्ष र सयौंलाई अप्रत्यक्ष रोजगार प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्