Shikhar Insurance
National Life

कालीकोटमा १७ हजार बालबालिकाले लगाए दादुरा-रुबेलाविरुद्धको खोप

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १६:४४
Hyundai
NCELL
NIMB

कालीकोट । कालीकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । ९ महिनादेखि ५ वर्षसम्मका १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाइको हो ।

फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप दिइएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिएका हुन् । “फागुन १३ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा जिल्लाको खाँडाचक्र र तिलागुफा नगरपालिका तथा पलाता नरहरिनाथ र महावै गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो”, उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फागुन १७ गतेदेखि १९ गतेसम्म जिल्लाको रास्कोट नगरपालिकाका साथै सान्नीत्रिवेणी, पचालझरना र शुभकालिका गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो । जिल्लाका नौ वटा पालिकाका दुई सय २७ भन्दा बढी खोप केन्द्र्रबाट खोप अभियान सञ्चालन गरिएको महत जानकारी दिए ।

खाँडाचक्र नगरपालिकाका २ हजार दुई सय ८५, पलाताका २ हजार ३ सय ८३ , नरहरिनाथका २ हजार ८ सय २७, महावैका १ हजार ९२, तिलागुफाका एक हजार आठ सय ९० लाई खोप दिइएको महतले जानकारी दिएका हुन् ।

उनका अनुसार रास्कोट नगरपालिकाका २ हजार २ सय ६२, सान्नीत्रिवेणीका १ हजार सात सय, पचालझरनाका एक हजार छ सय ५४ र शुभकालिकाका एक हजार पाँच सय ४३ बालबालिकालाई खोप दिइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्