Shikhar Insurance
National Life

टेण्डरको आर्थिक प्रस्ताव नखुल्दै अनियमितता भएको भन्ने समाचार दुराशयपूर्णः छत्रपाटी चिकित्सालय

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १६:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । छत्रपाटी चिकित्सालयले किन्न लागेको सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिनको टेण्डर प्रक्रियाको आर्थिक प्रस्ताव नखुल्दै तीन करोड रुपैयाँ अनियमितता भएको भन्दै केहि अनलाइन सञ्चार माध्याममा आएको समाचार गलत र दुराशयपूर्ण रहेको भन्दै आपत्ति जनाएको छ । आइतबार चिकित्सालयले विज्ञप्ति जारी गर्दै त्यस्ता समाचार लेखिनु हास्यास्पद र दुराशयपूर्ण रहेको जनाएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा बन्द रहेको सामान खरिदको प्रस्ताव खोल्नु अघि नै यति रकम अनियमितता भयो भनेर समाचार प्रकाशित गर्नु र खुल्दै नखुलेको आर्थिक प्रस्तावमाथि अनियमितता भएको भन्ने तथ्य पुष्टि गर्न चुनौति दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) ले सार्वजनिक खरिद ऐनको आवश्यक प्रक्रिया पुरा गरी सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिन खरिद गर्ने प्रक्रिया सुरु गरेको हो । काठमाडौं महानगरपालिकाको सहयोगमा खरिद गर्न लागेको सिटी स्क्यानविच कार्डियाक, डिजिटल मेमोग्राम मेशिन खरिद प्रक्रिया निष्पक्ष र पारदर्शी ढंगले अघि बढिरहेको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘स्पेशिफिकेशन लक्ड गरिएको कुरा असत्य र झूठा हो । अस्पतालले तयार पारेको स्पेशिफिकेशन अनुसार हाल नेपालमा सिटीस्क्यान मेशिन बिक्री गर्दै आएका हिटाची, सिमेन्स, नियोसफ्ट, क्याननलगायतका कम्पनीहरुले टेण्डर हाल्न सक्ने अवस्था रहेको ।’ विज्ञप्तिमा लेखिएको छ । विज्ञप्तिमा जनताको स्वास्थ्य उपचार सरल बनाउने उद्देश्यले सञ्चालित यस अस्पतालले शहरी क्षेत्रका जनतालाई थप सुविधा दिने र तीन महिना समय लगाएर गुणस्तरीय सिटी स्क्यानविथ कार्डियाक डिजिटल मेमोग्राम मेशिन खरिद गर्न लागेको बेला प्रकाशित समाचार गलत भएको भन्दै समाचार खण्डनका लागि सम्बन्धित अनलाईन र नेपाल प्रेसकाउन्सिलको ध्यानाकर्षण गरिएको छ ।

छत्रपाटी निःशुल्क चिकित्सालय विशुद्ध सामुदायिक अस्पताल रहेको भन्दै चिकित्सालयले उक्त टेण्डर प्रक्रिया निष्पक्ष, स्वतन्त्र र सार्वजनिक खरिद सम्बन्धी ऐन अनुसार अघि बढाएको उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा यो अस्पताल समाजसेवाको भावनाले स्थानीयसेवीहरुले स्थापना गरिएको बताइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्