Shikhar Insurance
National Life

नेप्से घटेपनि आज यी कम्पनीको सेयर मूल्य बढ्यो, अन्यको कति ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७८ अंकले घटेर १९६०.३० मा पुगेको हो ।

आज ३०९ कम्पनीको ५५ लाख ७४ हजार २ सय ७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आईतबार नेप्से घटेपनि केही कम्पनीको सेयर मूल्य भने बढेको छ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ९.७० प्रतिशत, एनआईसि एसिया ग्रोथ फण्ड-२ को ८.४५ प्रतिशत, सिवाईसि लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.८० प्रतिशत सहित ८८ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्