काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन २० गते लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भएके हो ।
सभामा बोल्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको बताए । बैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न सफल भएको छ । देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठूलाठूला मेगा प्रोजेक्टहरुको स्थापना हुनु पर्नेमा जोड दिर्दै अध्यक्ष ढकालज्यूले नेपालमा विकास निर्माणको लागि सडक, जलविद्युत, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकोले सरकारले उच्च प्राथमिकताका साथ लगानी मैत्रि वातावरणको सृजना गरी स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्ने बताए ।
देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तहमा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र व्यावसायमा वृद्धि हुने धारणा व्यक्त गरे । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँ नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सूचना प्रबिधिको माध्यमबाट सहज सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको जानकारी दिए ।
साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष हेम राज ढकालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । कम्पनीको २६ औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल संचालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्