काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिब सागर शर्मा निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित ७ औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर विजयी भएका हुन् ।
यसैगरी शनिबार सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् । यस्तै महासचिवमा बिष्णु प्रसाद पौडेल, उप–महासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शंभु लामिछाने, महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन् ।
राजधानीमा दुई दिनसम्म चलेको महाधिबेशनले लेखा समिती संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्यसमिती चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमालाई बढाउँदै व्यवसायीका समस्या समाधानमा प्रयत्न रहने बताए ।
प्रतिक्रिया दिनुहोस्