Shikhar Insurance
National Life

फेयरफिल्ड काठमाडौंको सातौं वार्षिकोत्सब यही मार्चमा हुने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १३:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले सातौं वार्षिकोत्सब मनाउने भएको छ । यही मार्च महिनामा फेयरफिल्ड काठमाडौंले वार्षिकात्सब गर्न लागिएको हो ।

सात वर्ष अगाडि नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आथित्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको छ । फेयरफिल्ड काठमाडौंमा आथित्य सेवाका लागि तिन उत्कृष्ठ रेष्टुराँहरु रहेका छन् । अल डे डाईनिङ्ग रेष्टुराँ काभा, जापानीज रेष्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काभामा नेपाली, ईण्डियन र वेष्टर्न खानाहरु पस्किने गरिएको छ भने काकु काकु सिका जिकामा सुसी रोल, टेपनयाकी जस्ता प्रसिद्ध जापानी खाना पाईन्छ । ओचो स्काई लाउन्जमा भने काठमाडौं शहरको रङ्गिन वातावरण नियाँल्दै इटालियन र स्पेनिस खानको स्वाद लिने अवसर मिल्नेछ ।

काठमाडौं म्यारिअट होटल तथा फेयरफिल्ड काठमाडौंका क्लस्टर डाईरेक्टर सेल्स एण्ड मार्केटिङ् वरुण कमरा भन्छन्, “यहाँहरूको साथ र सहयोग विना यो सफलता सम्भव थिएन, यो अभूतपूर्व सहयोगका लागि हार्दिक धन्यवाद । आगामी दिनमा हाम्रो सेवा र सुविधालाई अझ विस्तार गरेर लैजाने प्रतिबद्धता जनाउँछौँ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्