Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकले ल्यायो नयाँ सुविधा, असफल कारोबारलाई बैंकिङ्ग एप मार्फत रिर्पोट गर्न मिल्ने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १२:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ सुविधा बजारमा ल्याएको छ । बैंकले असफल कारोबारलाई मोवाईल बैंकिङ्ग एप र वेबसाईट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको हो ।

यस सुविधा अन्तर्गत असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिन्छ । साथै असफल कारोबारको समस्या समाधान पश्चात रकम फिर्ता भएको जानकारी मेसेज र ईमेलबाट ग्राहकलले प्राप्त गर्न सकिनेछ । यस अन्र्तगत ग्राहकले आफ्नो मोवाईल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रकृया अगाडि बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्वन्धित रकम आफै फिर्ता गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्